Trending
Tanka Timilsina: From Village Radio to Millions of Hearts, the Digital Age’s Deuda Star     |     Wushu Heroes Junior Championship Concludes Successfully     |     FAO Launches National Forest Inventory Learning Journey to Strengthen Forest Data Across Asia and the…     |     Introduction to Mental Health Awareness Among Students     |     The Role of Social Media in Modern Politics     |     Parking area kathamandu before and after     |     What Kind of Student Union is Needed Today?     |     Strategies for Addressing Climate Change Impacts and Enhancing Resilience in Nepal     |     Kathmandu Valley temperature reaches 33 degrees Celsius     |     As private sector praises budget, Minister Pun says it was unveiled being realistic     |    
Eco - Finance

आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति

May 23, 2024

रुकुमपश्चिममा यस वर्ष आगलागीबाट ३५ घर तथा गोठ नष्ट भएका छन् । हिउँदयाम सुरु भएदेखि हालसम्म जिल्लामा २९ घर र छवटा गोठ गरेर ३५ संरचनामा आगलागी भएको हो ।

आगलागी भएका घरगोठ पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । आगलागीका कारण एक महिलाको मृत्यु भएको थियो भने आगो निभाउने क्रममा दुई महिला घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा आगलागीबाट बढी घर क्षति भएका छन् । आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा कागजात जलेर नष्ट भएका छन् ।

पैतीस घरमा आगलागी हुँदा करिब रु ४९ लाख ५२ हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । गत शनिबार मात्रै मुसीकोट–३ माछमीका गोर्खबहादुर केसीको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा रु २५ लाख बढीको क्षति भएको थियो ।

उहाँको घरमा भएको सुन, नगद, तामा, कासका भाँडावर्तन, अन्नपात जलेर नष्ट भएका थिए । विद्युत् सर्टलगायत व्यक्तिको कमजोरीका कारण आगलागी हुने गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

Comment